FAQs Complain Problems

संक्षिप्त परिचय

नेपालको सबैभन्दा ठूलो जिल्लाको रुपमा परिचित कणाली प्रदेश डोल्पा जिल्लाको  उत्तरी पश्चिमी भूभागमा अवस्थित शे फोक्सुण्डो गाउँपालिकाका जिल्लाको उत्तर पश्चिम भूभागमा अवस्थित रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार डोल्पा जिल्लाको जनसंख्या बृदिदर २.४२ रहेको छ ।  जस अनुसार शे फोक्सुण्डो गाउँपालिकाको जानसंखियक अवस्थालाई हेर्दा कूल घरपरिवार र जनसंख्या क्रमश: ३६२५ र ८०३ रहेको छ । वडाअनुसार सबैभन्दा उच्च जनसंख्या वडा नं ३ मा ६४६ रहेको छ भने सबै भन्दा न्यून वडा नं ६ मा ६९ रहेको देखिन्छ।  

साविकका साल्दाङ, भिजेर र फोक्सुण्डो गाविस मिलेर गठन भएको हालको शे फोक्सुण्डो गाउँपालिकाको नामाकरण ऐतिहासिक, धार्मिक, तथा पर्यटकीय पृष्ठभुमि संग जोडिएको छ। साल्दाङ भुभाग स्थित ऐतिहासिक तथा धार्मिक स्थल शे गुम्बा र फोक्सुण्डो रिग्मो गाउँ स्थित पर्यटकीय स्थल शे फोक्सुण्डो तालको नामबाट यस गाउँपालिकाको नामाकरण भएको हो ।  

शे फोक्सुण्डो गाउँपालिका २९ डिग्री २० मिनेट ० सेकेण्ड देखि २९ डिग्री ५१ मिनेट ० सेकेण्ड उत्तरी अक्षांश र ८२ डिग्री ५९ मिनेट ० सेकेण्ड देखि ८३ डिग्री ०९ मिनेट ० सेकेण्ड पूर्वी देशान्तरमा फैलिएको छ। समुन्द्री सतहदेखि करिव २३०० देखि ७४२५ मिटर उचाइमा अवस्थित यस गाउँपालिकाको  पूर्वमा डोल्पो बुद्ध गाउँपालिका, दक्षिणमा त्रिपुरासुन्दरी नगरपालिका, ठुलीभेरी नगरपालिका र काईके गाउँपालिका र पश्चिममा जगदुल्ला गाउँपालिका र मुगु जिल्ला उत्तरमा चीनको स्वशासीत क्षेत्र तिब्बतको भूभाग बिचमा अवस्थित रहेको छ । कर्णाली प्रदेश अन्तर्गत डोल्पा जिल्लमा विधमान २ नगरपालिका, ६ गाउँपालिका गरि ८ स्थानीय तह मध्ये शे फोक्सुण्डो एक हो ।   

उच्च हिमाली क्षेत्रमा पर्ने यस गाउँपालिकाको सम्पूर्ण भूभाग हिमाल र डाँडा पाखा र समथर घाँसे मैदान रहेको छ । शे फोक्सुण्डो राष्ट्रिय निकुञजको मध्यवत्ति क्षेत्रमा पर्ने केही भूभागमा पहाडी क्षेत्रको विशेषता रहे पनि अधिकांश क्षेत्रहरु उच्च हिमाल र सुख्खा क्षेत्र रहेको छ ।   यहा ठूला ठूला रुख र बोटविरुवा नहुने भएका हुनाले यस क्षेत्रमा अक्सिजन न्यून हुनुका साथै बर्षानी बर्षातको कारण रापा, नाम्दो, किरथाङ, साल्दाङ, तिलिङ, निजाल लगायतका कटान प्रभावित क्षेत्रहरु हुन ।  जसका कारण उक्त क्षेत्रका उब्जनशिल भूभागहरु कटान भई वगरको रुपमा परिणत हुने गरेको छ ।